Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

नेकपा एमालेले कीर्तिपुरमा केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने

नेकपा एमालेले कीर्तिपुर नगरपालिकास्थित मैत्रीनगरमा पार्टी केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने भएको छ ।

बिहीबार बसेको विशेष सचिवालय बैठकले पार्टीको केन्द्रीय कार्यालयको स्थायी भवन नयाँ ठाउँमा बनाउने निर्णय गरेको हो।

कीर्तिपुर नगरपालिका २ मा रहेको मदन भण्डारी स्मृति भवनको नाममा नेकपा एमालेको केन्द्रीय कार्यालयको भवन निर्माणका लागि शुक्रबार शिलान्यास गर्ने निर्णय गरेको छ ।

भोलि १२ बजेर १५ मिनेटमा एमालेले काठमाडौं कलंकी–तीनथानानजिकै १० देखि १२ रोपनी क्षेत्रफल जग्गामा केन्द्रीय कार्यालय भवनको शिलान्या एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलले गर्नेछन् ।

२०७२ सालको भूकम्पले बल्खुको एमाले पार्टी कार्यालय भत्किएपछि पार्टी कार्यालय धुम्बाराही, माइतीघर हुँदै च्यासलबाट कार्यालय सञ्चालन हुँदै आएको छ ।