Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मानिसजस्तै चपस्टिक्सकले नुडल खाने चिन्पान्जी

चीनको एक चिम्पान्जीले मानिसजस्तै चपस्टिक्सकले नुडल खाने नयाँ सीप हासिल गरेको छ ।

चीनको दक्षिणपश्चिमी चोङकिङ नगरपालिकामा रहेको चिम्पान्जीले चपस्टिक्सकले नुडल खाने नयाँ सीप हासिल गरेपछि त्यहाँ पर्यटकहरुको भीड लागेको छ ।

Photo2 (1).jpg

२३ वर्षीय युहुइ नाम गरेको चिम्पान्जीले मानिसहरुलाई चकित पारेको यो पहिलो पटक भने होइन । यसअघि क्यामेरा सफा गरेको, साबुन र ब्रशले लुगा धोएको साथै र प्लेटहरू सफा गर्दै गरेको भिडियोहरु कैद भएका थिए।

Photo (5).jpg

चिडियाखानामा बस्दै आएको युहुइले मानिसको नक्कल गरेर धेरै सीपहरू हासिल गरिसकेको छ ।

(सीसीटीभी प्लस/एनएनबी)