Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोवार?

नेपाली सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको लागि तोकेको मूल्य अनुसार छापावाला सुनको मूल्य एक हजार रुपैयाँले घटेको हो ।

यससँगै छापावाला सुन प्रतितोला १ लाख ५९ हजार १०० रुपैयाँ पर्नेछ । मंगलबार यस्तो मूल्य १ लाख ६० हजार १ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलबार प्रतितोला १ हजार ९४० रुपैयाँ रहेको चाँदीको मूल्य आज प्रतितोला ४० रुपैयाँले घटेर १ हजार ९०० रुपैयाँमा झरेको छ ।