Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

राष्ट्रपति पौडेलद्धारा दक्षिणकाली मन्दिर दर्शन

राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित बडादशैंको अवसरमा सोमबार बिहान दक्षिणकाली मन्दिर जानुभई दक्षिणकाली माताको पूजा अर्चना गर्नुका साथै पूजारीबाट टीका प्रसाद ग्रहण गरेका छन्  ।

काठमाडौंको दक्षिण भेग दक्षिणकाली नगरपालिकामा पर्ने यो मन्दिर उपत्यकाको प्रमुख शक्तिपीठ मध्ये एक मानिन्छ । सो अवसरमा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले मन्दिर क्षेत्रमा हालैको बाढीले पारेको क्षतिको विवरण प्रस्तुत गर्दै पीडितलाई राहत तथा मन्दिर  क्षेत्रको पुननिर्माणमा सहयोगका लागि आग्रह गरे । साथै काठमाडौ मकवानपुरको सडक छिटो पुननिर्माण गरी सडक निर्वाध सञ्चालनको आवश्यकता औल्याए ।

Photo (3).jpeg

राष्ट्रपति पौडेलले बाढी पैहिरोले यस क्षेत्रमा भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै मन्दिर क्षेत्र र सडक निर्माण एवम् पीडितलाई राहतका लागि सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रपति पौडेललाई मन्दिरमा स्थानीय निकायका जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी र सर्वसाधारणले स्वागत गरेका थिए ।

Photo (1).jpeg