Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

खाद्यमा आजदेखि दशैंका लागि खसीबोका र च्याङ्ग्रा बिक्री, कतिमा पाइन्छ?

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्दैछ ।

कम्पनीले प्रतिकेजी खसीबोकाको मूल्य ६७० रुपियाँ निर्धारण गरेको छ । निर्धारित मूल्यमा १० रुपियाँ छुट दिएर प्रतिकेजी ६६० रुपियाँमा बिक्री खुला गरेको हो ।

यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर एक हजार २२० रुपियाँमा बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।

खाद्यले २०८ वटा खसी बोका र २८५ वटा च्याङ्ग्रा ल्याइसकेको र अरू ल्याउने क्रम जारी रहेको बताएको छ ।