Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रविलाई आफ्नै निर्वाचन क्षेत्रमा देखाइयो कालो झण्डा

चितवनका सहकारी पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन क्षेत्र नम्बर–२ का  सांसद् रवि लामिछानेलाइ कालोझण्डा देखाएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा तेस्रो सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी हुन मुग्लिन आएका लामिछानेविरुद्ध नाराबाजी गर्दै सहकारी पीडितले कालोझण्डा देखाएका हुन् । 

सार्वजनिक सुनुवाइ सकेर फर्किने क्रममा लामिछानेलाई मुग्लिन बजारमा सहकारी पीडितहरूले कालोझण्डा देखाएका हुन् । सहकारी पीडितहरूले सहकारी ठग मुर्दावाद, सहकारी पीडितलाई न्याय दे, हाम्रो समस्या समाधान गर जस्ता नारा लगाएका थिए ।

नाराबाजीका बीच प्रहरीले लामिछानेलाई सुरक्षा दिएर आफ्नो गन्तव्य तर्फ पठाएको थियो । प्रदर्शन लगत्तै प्रहरीले कालोझण्डा खोसेको थियो।  चितवनमा साहारा चितवन बहुउद्देश्य सहकारीबाट करिब १३ करोड बराबरको रकम गोरखा मिडियामा गएको छ । उनीहरुले पटक–पटक रविलाई भेट गरेर समस्या समाधान गर्न आग्रह गरे पनि बचत फिर्ता पाएका छैनन् ।