Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

प्रधानमन्त्री ओलीलाई समकक्षी मोदीको सन्देशः विपदमा भारत नेपालको साथमा छ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई परेको अप्ठ्यारो परिस्थितिमा भारतको सधैं साथ रहेको बताएका छन् । 

नेपालका समकक्षी केपी शर्मा ओलीलाई पत्रमार्फत भारतीय प्रधानमन्त्री मोदीले यस्तो सन्देश पठाएका हुन् ।

नेपालमा बाढी–पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएको घटनालाई लिएर भारतीय प्रधानमन्त्री मोदीले सहानुभूति पत्र पठाएको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले जानकारी दिएका छन् । मोदीले पठाएको सन्देशमा नेपालमा राहत, उद्धार र पुनर्निर्माणमा भारतको सहयोग हुने उल्लेख रहेको राजदूत श्रीवास्तवले जनाएका छन् ।