Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

दशैको आगमनसँगै फेरि बढ्यो सुनको भाउ, हेर्नुहोस् तोलाको कति पुग्यो?

नेपालीहरुको महान चाड दशै आज देखि सुरु भएको छ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।

आज बुधबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।अघिल्लो दिन छापावाला सुन १ लाख ६० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ ।  आज चाँदीको मूल्य प्रतितोला १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन चाँदी १९ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।