Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

‘मिस टिन नेपाल-२०२४’ मा २० प्रतियोगीले सहभागिता जनाउने

काठमाडौं जेसिजले आयोजना गर्ने ‘मिस टिन नेपाल २०२४’ मा २० प्रतियोगीले सहभागिता जनाउने भएका छन् ।

आयोजक काठमाडौं जेसिजले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै १९औँ संस्करणको यो प्रतियोगिताका निम्ति तीन चरणको अडिसनबाट २० प्रतियोगी छनोट भएका जानकारी गराएको हो ।

Sequence 01.02_27_59_20.Still995.jpg

मिस टिनमा सहभागी हुन योग्य १६ देखि १९ वर्ष उमेरसम्मका किशोरीलाई छनोट गरिएको काठमाडौं जेसिजकी अध्यक्ष एञ्जिला खड्काले बताइन् ।

प्रतियोगितामा पहिलो हुनेलाई ५० हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ । विजेताले मिस नेपालको प्रतियोगितामा स्वतः सहभागिता जनाउन पाउने खड्काले जानकारी दिइन् । 

भिडियो: