Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

कामदारको हड्तालका कारण अमेरिकाका बन्दरगाहहरु बन्द, व्यापारमा असर पर्ने

अमेरिकाका बन्दरगाहहरु सबै बन्द भएका छन्। बन्दरगाहमा कार्यरत हजारौं कामदार हड्तालमा भएपछि अमेरिकाका सबै बन्दरगाहको संचालन रोकिएको हो।यो घटनाले अमेरिकाको अर्थतन्त्र र व्यापारलाई नराम्रो असर पार्ने स्थानीय मिडियाले उल्लेख गरेका छन्।

इन्टरनेश्नल लङरोसमेन एशोसिएसनका सदस्यहरुले मंगलबारबाट १४ वटा मुख्य बन्दरगाहमा काम गर्न छाडेका हुन्।पछिल्लो ५० वर्षमा बन्दरगाहमा यस्तो हड्ताल अमेरिकामा पहिलोपटक भएको हो।

अमेरिकी राष्ट्रपति जो बाइडेनसँग हड्ताल ८० दिनसम्म रोक्ने अधिकार छ। तर, उनले त्यसप्रति हालसम्म कुनै चासो देखाएका छैनन्। कामदारहरुको सुरक्षा, सम्झौता लगायत विभिन्न माग राखेर एशोसिएसन हड्तालमा ओर्लिएको हो।

बन्दरगाह बन्द भएसँगै सबैभन्दा पहिला खाद्यान्नमा प्रभाव पर्ने देखिएको छ। त्यससँगै, कपडा, कार लगायतका सामाग्रीमा पनि यसको असर पर्नेछ।