Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

वार्षिक उत्सवको अवसरमा प्राइम कमर्सियल बैकको रक्तदान कार्यक्रम सम्पन्न

प्राइम कमर्सियल बैंक लिमिटेडको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बैंकले १७ औ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय कमलपोखरी काठमाण्डौसहित विभिन्न स्थानमा कार्यक्रम सम्पन्न भएको हो।

कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनीप्रदेश कार्यालय बुटवल, कर्णालीप्रदेश कार्यालय छिन्चु, सुर्खेतमागरि देशभर ६ स्थानमा रक्तदान कार्याक्रम सम्पन्न भएको छ।

उक्त रक्तदान कार्यक्रममा बैकका कर्मचारी तथा शुभेच्छुकहरु गरी ३९२ जनाले रक्तदान गरेका छन्। कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत संजिवमानन्धरले सम्पुर्ण रक्तदाता तथा प्रबिधिकहरुलाई धन्यवाद दिदै, मानवजिवन रक्षाको लागि अत्यावश्यक रगत संकलन गर्ने कार्यक्रम आयोजन गरि सम्पन्न गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए।