Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

ज्योति विकास बैंकका ग्राहकलाई काठमाडौंस्थित चार रेस्टुरेन्टहरुमा विशेष छुट

ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित चार विभिन्न प्रख्यात रेस्टुरेन्टहरुमा बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअन्तर्गत, बैंकले कमलपोखरीस्थित अचार घर ,दरबारमार्गस्थित महोत्सव रेष्टुरेन्ट एण्ड बार, हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेन्ट एण्ड बार,तथा कमलादीस्थित क्याफे लिवन हार्ट तन्दुरी किचनमा बैंकका ग्राहकहरूले १० प्रतिशत सम्मको आकर्षक छुटको फाइदा लिन सक्नेछन्।

सम्झौतापत्रमा हस्ताक्षर भएसँगै, ग्राहकहरूले एक वर्षको अवधिसम्म यी प्रतिष्ठित रेस्टुरेन्टहरूमा स्वादिष्ट परिकारहरूको साथ छुटको लाभ उठाउन पाउनेछन्।

ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।