दशैलाई लक्षित गरेर नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ ।
आज सोमबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाएको हो ।
यो मूल्य सोमबार मध्यराति १२ बजेदेखि लागू हुनेछ ।
