Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

त्रिवि स्नातक तह दोस्रो वर्षको परीक्षा २१ गते हुने

त्रिभुवन विश्वविद्यालयले आइतबार हुने मानविकी, शिक्षाशास्त्र तथा व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधितर्फका स्नातक तह दोस्रो वर्षका परीक्षा स्थगित गरेको छ । 

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले शनिबार सूचना जारी गर्दै बीए, बीएड, बीबीएस र बीएस्सीका देशभर उत्पन्न मौसमको प्रतिकूलताका कारण स्थगित गरिएको जनाएको छ ।

कार्यालयका अनुसार ती परीक्षा यही असोज २१ गते यसअघि नै तोकिएको समय र परीक्षा केन्द्रमा हुनेछ । साथै सूचनामा आइतबार हुने गरी उल्लेख गरिएका सम्पूर्ण प्रश्नपत्रका २१ गतेको परीक्षामा प्रयोग गर्न केन्द्राध्यक्षहरुलाई अनुरोध गरिएको छ ।