Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

भारी वर्षाका कारण त्रिविको कृषि विज्ञान प्रवेश परीक्षा स्थगित

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन विश्वविद्यालयले कृषि र पशु चिकित्सा विज्ञानको प्रवेश परीक्षा स्थगित गरेको छ ।

वर्षाका कारण ठाउँ ठाउँमा डुबान भएपछि विद्यार्थीलाई आउन असहज हुने हुँदा शनिबार हुन लागेको परीक्षा स्थगित गरिएको कृषि, पशु विज्ञान अध्ययन संस्थानका निमित्त डीन एवं भर्ना समितिले जनाएको हो ।

सुदूरपश्चिम विश्वविद्यालयले यसअघि ९ असोजमा कृषि पढ्ने विद्यार्थीका लागि काठमाडौंको पद्मकन्या क्याम्पसमा प्रवेश परीक्षा लिएको थियो । परीक्षामा झण्डै एक हजार विद्यार्थी सहभागी थिए ।