Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

युद्धग्रस्त लेबनानमा रहेका नेपालीलाई सरकारले गर्‍यो यस्तो आग्रह

सरकारले युद्धगस्त लेबनानमा रहेका नेपालीहरुलाई सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ ।इजिप्टको कायरोस्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै कुनै समस्या परेमा कायरोस्थित राजदूतावास र बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।

दूतावासले जारी गरेको सूचनामा भनिएको छ–केही दिनयता लेबनानमा विकसित परिस्थितिका सन्दर्भमा लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध छ ।

साथै, कुनै समस्या परेमा नेपाली राजदूतावास कायरो तथा बेरुतस्थित अवैतनिक नेपाली वाणिज्य दूतावासका देहायअनुसारको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध छ । 

दूतावासले कायरोस्थित दूतावासका द्वीतिय सचिव दीपक घिमिरेलाई २०१०९७७७२३४८ र त्रितीय सचिव माधवराज काफ्लेलाई २०१००२५०५९९७ नम्बरमा फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्न आग्रह गरेको छ ।

यस्तै, बेरुतस्थित अवैतनिक महावाणिज्यदूत मोहम्मद गोजायललाई ९६१३३०११८१,  ९६१७१६८८८२ १ र ९६१८१८८३७१३ मा फोन गर्न आग्रह गरिएको छ । पछिल्लो समय इजरायलले लेबनानको विद्रोही समूह हिज्बुल्लाहविरुद्धको आक्रमणलाई तीब्र बनाइरहेको छ ।