Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड, तोलाकै एक लाख ६१ हजार नाघ्यो

सुनको मूल्य आज पनि बढेको छ । पछिल्लो समय सुनको मूल्यमा लगातार वृद्धि भएको हो ।

सुनको मूल्यले एकपछि अर्को रेकर्ड कायम गरिरहेको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर तोलाको एक लाख ६१ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो । यस अघि विहिबार सुनको मूल्य एक लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मुल्य १९५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।