Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

नेपाल र सर्बियाबीच भिसा छुटसम्बन्धी एमओयूमा हस्ताक्षर

नेपाल र सर्बियाबीच कूटनीतिक र आधिकारिक राहदानी धारकहरूका लागि भिसा छुटसम्बन्धी एमओयूमा हस्ताक्षर भएको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा। आरजु राणा र सर्बियाका विदेशमन्त्री मार्को जुरिकबीच एमओयूमा हस्ताक्षर भएको हो ।

हस्ताक्षरपछि परराष्ट्रमन्त्री राणाले दुवै देशबीच निरन्तर संलग्नताको सहकार्यको अपेक्षा राख्दै एमओयूका लागि सर्बियालाई धन्यवाद दिएकी छन् ।