Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुन अहिलेसम्मकै महँगो, तोलाको कति पुग्यो?

नेपाली बजारमा पछिल्लो समय दिनहुँ सुनको मूल्य उकालो चढिरहेको छ । नेपालीको घर आँगनमा मुख्य चाडबाड भित्रिँदै गर्दा बजारमा सुनको मूल्य अकाशिन थालेको हो । 

यसअघि लगातार तीन दिनसम्म उकालो लागेर थप नयाँ–नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको हो । 

यसअघि आइतबार तोलामा १७ सय, सोमबार ४०० र मंगलबार ५०० रुपैयाँले बढेर सुनको मूल्यमा रेकर्ड बनाउँदै गएको थियो । योसँगै पछिल्लो ४ दिनमा मात्र सुनको भाउ तोलामा ३३ सय रुपैयाँ बढेको देखिन्छ ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेर १९ सय ५५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १९ सय १५ रुपैयाँ कायम रहेको थियो ।