Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

प्रधानमन्त्री ओली र एमसीसीका कार्यकारी प्रमुखबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का कार्यकारी प्रमुख एलिस अल्ब्राइटले शिष्टाचार भेट गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा ओलीसँग एमसीसीका कार्यकारी प्रमुखले भेटवार्ता गरेका हुन् । 

उनीहरुबीचको भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत पनि सहभागी थिए ।