Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोज १० देखि, प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्ने

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी) ले प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्ने भएको छ ।
 
सोमबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजन गरेर अध्यक्ष पञ्चा सिंहले सहमतिबाट नभई पत्यक्ष निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्व चयन गर्ने जानकारी दिइन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले सम्मेलनको उद्घाटन गर्ने अध्यक्ष सिंहले जानकारी समेत दिइन् । त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा उद्घाटन हुने सम्मेलन असोज १० गतेदेखि १४ गतेसम्म चल्नेछ ।
 
‘भ्रष्टाचारको अन्त्य र सुशासन सुनिश्चितताका निम्ति हाम्रो आन्दोलन, रोजगार, उत्पादन र समाजवादी शिक्षाको लागि २३ औं राष्ट्रिय सम्मेलन’ भन्ने मूल नारा तय गरिएको छ ।

News photo 2.JPG

पत्रकार सम्मेलनमा २ हजार ३ सय २३ प्रतिनिधि सहभागी हुने जानकारी दिइएको थियो । अध्यक्ष सिंहले ७५ जिल्ला, ४५० पालिका र ५०० बढी क्याम्पसमा सम्मेलन सम्पन्न भइसकेको र अहिलेसम्म तीन लाख सदस्यता वितरण गरिएको जानकारी दिइन् ।

 त्यस्तै, ६ वडा प्रदेशको सम्मेलन सम्पन्न भइसकेको र बाँकी रहेका कमिटीको सम्मेलनको अगाडि नै सम्मेलन सकिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
 
अध्यक्ष सिंहले आफ्नो कार्यकाल सफल भएको बताउँदै सम्मेलनबाट समाजवादी शिक्षाको कार्यदिशालाई थप सुदृढ र व्यवस्थित गरिने अध्यक्ष सिंहले बताइन् ।