Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट फ्लाइट टिकट किन्दा छुट

एनएमबि बैंकले बुद्ध भिसा डेबिट कार्ड होल्डरहरूका लागि चाडपर्वमा बुद्ध एयरको वेब साइटबाट फ्लाइट टिकट काट्दा १० प्रतिशत क्यास ब्याक हुने भएको छ ।

जसअनुसार अधिकतम रु. ५०० सम्म छुट हुने बैंकको भनाइ छ । चाडपर्वको समयमा, बैंकले ग्राहकहरूको यात्रामा सजिलो होस भन्ने सहकार्यको लागि सो अफर घोषणा गरेको हो ।

यो अफर छठ सम्मको लागि लागू हुनेछ, जसले ग्राहकहरूलाई बचतको लाभ लिन पनि प्रोत्साहित गर्ने बैंकको भनाइ छ ।