Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो, हेर्नुहोस् तोलाको कति पुग्यो?

नेपाली बजारमा सुनको मूल्य कीर्तिमानी उचाइमा पुगेको छ ।

पछिल्लो तीन दिनदेखि लगातार बढिरहेको सुनको मूल्यले आज मंगलबार नयाँ कीर्तिमान बनाएको हो । आज सुनको मूल्य ५ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ५९ हजार ७ सय रुपैयाँ पुगेको छ ।

यो हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन चाँदीको मूल्य भने घटेको छ ।

 यो दिन चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको हो ।