Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सुनुवाइ समितिमा दुई तिहाइ सदस्य अनुपस्थित, श्रीलंकाका प्रस्तावित राजदूतबारे हुन सकेन निर्णय

संसदीय सुनुवाइ समितिमा दुई तिहाइ सदस्य अनुपस्थित भएपछि श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे आज सोमबार निर्णय हुन सकेन ।

समितिको बैठक मंगलबार ९ बजेका लागि फेरि बोलाइएको छ । समितिमा कुनै पनि प्रस्ताव स्वीकृत वा अस्वीकृत गर्न दुई तिहाई सदस्यको मत आवश्यक पर्छ । १५ सदस्यीय समितिको सोमबारको बैठकमा ८ जना मात्र सांसद उपस्थित भएपछि समितिले कुनै निर्णय गर्न सकेन ।

 भट्टराईको राजदूत नियुक्त हुनका लागि आवश्यक स्नातक तह पासको प्रमाणपत्र नभएपछि समितिले यसअघि १६ जनाको नाम अनुमोदन गर्नेक्रममा उनको नामबारे थप निर्णय आवश्यक रहेको भन्दै सोमबारका लागि बैठक बोलाएको थियो ।

 समितिका सदस्य एवं कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले शैक्षिक प्रमाणपत्र उपलब्ध नभएको अवस्थामा अनुमोदन हुन नसक्ने जानकारी दिए । अहिलेसम्म समितिमा उनको प्रमाण पत्र उपलब्ध नभएको उनले बताए ।