Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

दशैं तिहारमा चिनीको अभाव नहुने

दशैं तिहारमा चिनीको समस्या नहुने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । विभागले भारतबाट खरिद गरेको आठ हजार एक सय मेट्रिक टन चिनी बिक्रीका लागि बजारमा पठाउन गरिसकेकाले अभाव टर्ने दावी गरिएको छ । 

भारतबाट चिनी ल्याउनका लागि सात वटा व्यवसायी कम्पनीले छनोट गरी चिनी आयात भइसकेको र बजार पठाउन सुरु गरिएको विभागले जनाएको छ । भारत सरकारले नेपाललाई २५ हजार मेट्रिक टन चिनी उपलब्ध गराउने सहमति गरेको थियो । 

चिनी प्रतिकेजी १०७ रुपैंयाँ ५० पैसा तोकिएको छ । २०८० कात्तिक महिनामा नै भारत सरकारले नेपाललाई २५ हजार मेट्रिक टन चिनी उपलब्ध गराउने सहमति भएको थियो । 

जसमा छ हजार मेट्रिक टन चिनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरसनले खरिद गर्ने भनिएको थियो ।