नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
सोमबार सुन तोलामा ४ सयले बढेर प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको हो ।
यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो ।
यसअघि आइतबार सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।
चाँदीको मूल्य प्रतितोला १९२० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।