Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

मध्यराति रविको स्टाटसः न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्री ज्यू, म रुम मिलाउँछु

सहकारीको रकम अपचलन प्रकरणमा सरकारले पक्राउ गर्ने तयारी गरिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अमेरिका रहेका प्रधानमन्त्री केपी शर्मा ओलीप्रति मध्यराति आक्रोश व्यक्त गरेका छन् । 

प्रधानमन्त्री ओली अहिले अमेरिकामा भ्रमणमा छन् । यता सहकारी छानबिनका लागि गठित संसदीय विशेष समितिले दोषी औंल्याएकाहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । गृहमन्त्री रमेश लेखकले निर्देशन दिए लगत्तै सो प्रकरणमा प्रहरीले आइतबार नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरिसकेको छ भने पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई पक्राउ गर्ने तयारी गरिरहेको छ । 

यसै क्रममा लामिछानेले मध्यराति सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीप्रति आक्रोशपूर्ण व्यंग्य गरेका हुन् ।  उनले लेखेका छन्, ‘न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्री ज्यू, फर्केर आउनुस्, बसेर कुरा गरौँ, सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउँछु, बिचौलियाको घर चाहिन्न । बाँकी भोलि....।’

सभापति लामिछानेलाई पक्राउ गर्ने तयारी गरिएपछि काठमाडौंको चःमतीस्थित पार्टी कार्यालयमा रविसहित रास्वपाक नेता कार्यकर्ता राति अबेरसम्म भेला भएका छन् । आइतबार दिउँसो प्रहरीले लामिछानेका तत्कालीन व्यापारिक साझेदार पूर्व डिआइजी छविलाल जोशीलाई पक्राउ परेका थिए । उनलाई हिजै राति कास्की लगिएको छ ।