राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामेछानेलाई समेत पक्राउ गर्ने त्रासले रास्वपाका नेता तथा कार्यकर्ता केन्द्रीय कार्यालयमा भेला भएका छन् ।
यतिबेला रास्वपाको केन्द्रीय कार्यालय, बनस्थलीमा नेता, कार्यकर्ता तथा शुभेच्छुकको भीड लागेको छ ।
आइतबार मात्रै प्रहरीले गोरखा मिडिया नेटवर्कका एक सञ्चालक पूर्व डीआइजी छविलाल जोशीलाई पक्राउ गरी पोखरा लगेको थियो ।
छविलाई पक्राउ गरेलगत्तै रविसमेत पक्राउ पर्ने भयले कार्यकर्ताहरु केन्द्रीय कार्यालयमा जम्मा भएका हुन् ।