Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

आगामी निर्वाचनमा एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आगामी ०८४ को निर्वाचनमा नेकपा एमाले निर्णायक शक्ति बन्नुपर्ने बताएकी छिन् ।आज मदन भण्डारी फाउण्डेसले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले एमालेलाई शुभकामना दिँदै राष्ट्रपतिदेखि विशिष्ट पदहरु एमाले नै पाउनुपर्ने बताइन् ।

‘एमाले आगामी निर्वाचनबाट मुलुकमा राष्ट्रिय निर्णायक शक्ति बनोस धेरै शुभकामना छ । यस्तो बनाउनुुस् । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष सबै बनाएर मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउनुस् । मेरो यो मदनभण्डारी फाउण्डेसनको रजत जयन्तीको अवसरमा शुभकामना पनि हो,’ भण्डारीले भनिन् ।

त्यस्तै आफू नेकपा एमालेको सदस्य भएकै कारण देशको पहिलो राष्ट्रपति हुने मौका भएको बताइन् । नेकपा एमालेको पूर्व उपाध्यक्ष समेत रहेकी भण्डारीले आगामी निर्वाचनमा निर्णयक शक्ति बनेर छिटो राष्ट्रपति बनाउन सुझाव दिइन् ।

‘नेकपा एमालेले अर्को राष्ट्रपति नबनाएसम्म म आफैँ सामाजिक फोरमहरुमा प्रमुख अथिति बन्नुपर्ने भयो । म बाहेक अन्य नेताहरु पनि एमालेबाट सम्माननीय बन्नुभएको छ । पार्टीका कार्यक्रमहरु पार्टीका नेताहरु जानुहुन्छ’, भण्डारीले भनिन्, ‘सामाजिक फोरमहरुमा भने जनताले खोज्ने गरेका छन् । मैले नेकपा एमालेलाई के अनुरोध गर्न खाजेको हो भने छिटोछिटो नेकपा एमाले बलियो भएर एमालेबाट राष्ट्रपति बनाउनुस् । त्यो भएपछि मैले पालो पाउने भए’, उनले भनिन् ।

२ कार्यकाल गरी ७ वर्ष राष्ट्रपति बनेकी पूर्वराष्ट्रपति भण्डारी पछिल्ला दिनहरुमा एमालेले आयोजना गरेका कार्यक्रमहरुमा सक्रिय हुन थालेकी छिन् । उनलाई नेकपा एमालेको नेतृत्वको गर्ने नेतृको रुपमा समेत चर्चा गरिन्छ ।