Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

साताको अन्तिम दिन ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोवार?

नेपाली बजारमा आज साताको अन्तिम दिन सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेपछि आज प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको हो ।

यसअघि विहिबार सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।

चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १९१५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।