Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

राजदूत सिफारिस लम्साल र यादवविरुद्ध उजुरी आह्वान

संसदीय सुनुवाइ समितिले प्रस्तावित दुई जना राजदूतहरूविरुद्ध उजुरी दिन आह्वान गरेको छ । राजदूतामा नियुक्तिका लागि सिफारिस भई संसदीय सुनुवाइ हुन बाँकी रहेकाले समितिले आज एक सूचना जारी गर्दै बेल्जियमका प्रस्तावित राजदूत सेवा लम्साल र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवविरुद्ध उजुरी दिन आह्वान गरेको हो ।

‘उक्त पदमा उहाँहरुलाई नियुक्ति गर्न उपर्यक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमणसहित यो सूचना प्रथपमपल्ट प्रकाशित भएको मितिले १० दिनभित्र समितिको सचिवालयमा वा कुनै जिल्ला प्रशासन कार्यालयमार्फत् सूचना वा उजुरी दिन यो सूचना प्रकाशित गरिएको छ,’ सुनुवाइ समितिले जारी गरेको सूचनामा भनिएको छ । 

राजदूत सिफारिस भएकी लम्साल पराष्ट्र मन्त्रालयकी सचिव हुन् भने यादव पूर्व उपसभामुख एवं नेपाली कांग्रेसकी नेतृ हुन् । समितिले आजदेखि १० दिनभित्र कार्यालय समयमा समितिको सचिवालय वा कुनै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिन सक्ने बताएको छ । सरकारले यसअघि प्रस्ताव गरेका १६ जना राजदूतहरूको नाम बिहीवार समितिले अनुमोदन गरेको छ ।