Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

गरिमा क्यापिटलले ल्यायो ‘बम्पर दशैं तिहार अफर’, डिम्याट र मेरोशेयर खाता खोल्दा उपहार

गरिमा क्यापिटल लिमिटेडले ‘हरेक नेपाली शेयरधनी’ भन्ने नारालाई आत्मसात गर्दै बडा दशैं, शुभ दिपावली तथा छठ पर्व २०८१ को उपलक्ष्यमा ‘बम्पर दशैं तिहार अफर’ संचालनमा ल्याएको छ।

गरिमाले असोज १ गतेदेखि कात्तिक ३० गतेसम्मका लागि बम्पर दशैं तिहार अफर ल्याएको हो। यो योजना अन्तर्गत गरिमा क्यापिटलमा डिम्याट र मेरोशेयर खाता खोल्दा, लक्की ड्र मार्फत भाग्यशाली ३ जना ग्राहकले स्मार्ट वाच जित्न सक्ने भएका छन्। यसका लागि असोज १ गतेदेखि आगामी कात्तिक ३० गतेसम्म गरिमा क्यापिटलमा नयाँ डिम्याट र मेरोशेयर खाता खोल्नुपर्नेछ ।

ग्राहकले यो अफर अन्र्तगत खाता खोल्न कमलपोखरी, काठमाडौँस्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालय र गरिमा क्यापिटल लिमिटेडको वेवसाईटमार्फत खाता खोल्न सक्नेछन्।