Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आज पनि ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा सुनको भाउ घटेको छ।मंगलबारको तुलनामा बुधबार सुनको भाउ ३ सय रुपैयाँले घटेको हो ।

मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५६ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदीको मूल्य पनि घटेको छ। हिजो तोलाको १ हजार ९०५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार ८ सय ९० रुपैयाँमा झरेको महासंघले जनाएको छ।