Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

वल्डलिंकको भुक्तानी खल्तीमार्फत गर्दा इभी जित्ने मौका

डिजिटल वालेट खल्तीले आफ्नो खल्तीफुल दशैँको दोस्रो च्याप्टर घोषणा गरेको छ । यस योजना अन्तर्गत खल्ती प्रयोगकर्ताहरुले वल्डलिंक मार्फत भुक्तानी गर्दा ‘नामि ०१ इथ्री’ इभी कार जित्न सक्ने छन् । यो अफर असोज ३० देखि पुष १० गतेसम्म चल्ने छ ।

सो अवधिमा वल्डलिंक मार्फत भुक्तानी गर्नुपर्ने छ । यसका साथै प्रयोगकर्ताहरले हरेक हप्ता सामसुङका साथै वोएटका प्रडक्टहरुमा ५३ प्रतिशत सम्म छुट पाउने छन् ।

यो अफर नयाँ वल्डलिंक सब्सक्रिप्सन् साथै नवीकरण दुबैका लागि लागु हुनेछ। यस योजना अन्तर्गत १ महिना देखि २४ महिना सम्मको इन्टरनेट प्याकेज भुक्तानीमा र्‍याफल टिकट (विशेष कुपन) पाइने व्यवस्था गरिएको छ र सोही कुपन मार्फत प्रयोगकर्ताहरू लक्की ड्र का लागि छनोट हुनेछन्।

गत दसैँमा ‘खल्तीबाट वल्डलिंकको भुक्तानी गरेर दुबई घुमौँ रमेर’ अफर मार्फत २४ जोडीले दुबई घुम्ने मौका पाएका थिए भने यस पाली ‘गाडी चढौँ सरर’ अफरमा इभी जित्ने मौका रहेको हो ।

खल्तीले आफ्नो ‘खल्ती फुल दसैँ’ योजना अन्तरगत पहिलो च्याप्टरमा आन्तरिक फ्लाइट टिकट काट्दा थाइल्यान्ड घुम्ने अफर पनि घोषणा गरेको थियो । यसका साथै अझै धेरै आकर्षक खल्ती फुल च्याप्टरहरू आउन बाँकी रहेको खल्तीले जनाएको छ।