Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

लगातार बढिरहेको सुनको भाउ घट्यो, प्रतितोला कति पुग्यो?

बजारमा आज सुनको मूल्य  प्रतितोलामा छ सयले घटेको छ । सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यमा सामान्य गिरावट भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ५७ हजार तीन सयमा कारोबार भएकामा सोही परिमाणको पहेँलो धातुको मोल आजका लागि एक लाख ५६ हजार सात सय निर्धारण भएको छ । 

यसैगरी, चाँदीको मूल्य तोलामा १० रुपैंयाँले घटेको छ । सोमबार प्रतितोला एक हजार नौ सय १५ मा खरिदबिक्री भएको चाँदी आजका लागि भने एक हजार नौ सय पाँच निर्धारण भएको छ ।