Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

उपसभामुख रानामगर रुस प्रस्थान

प्रतिनिधिसभाको उपसभामुख इन्दिरा रानामगर औपचारिक भ्रमणका लागि आज मंगलबार रुस प्रस्थान गरेकी छन् । 

रुसको सेन्टपिटर्सवर्गमा यही असोज २ देखि सुरु हुने कार्यक्रममा भाग लिन उनी फ्लाई दुबईको बिहान ९ बजेको उडानमार्फत त्यसतर्फ गएकी हुन् ।

उपसभामुख राना रुस र स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डलको अन्तरसंसदीय विधानसभाको आयोजनामा असोज २ देखि ४ गते (सेप्टेम्बर १८–२०) सम्म गरिने चौथो युरेसियन महिला फोरममा सहभागी हुने कार्यक्रम छ ।

 उनले उक्त फोरममा सम्बोधन गर्नेछिन् । रुस भ्रमण सकाएर उपसभामुख राना असोज ५ गतेमा स्वदेश फर्कने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जानकारी गराएको छ ।