लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसकी सचेतक निमा गिरीले राजीनामा दिएकी छिन् ।
उनले आज सोमबार संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई राजीनामा बुझाएकी हुन् । विविध कारणले आगामी दिनमा सचेतकको जिम्मेवारी निर्वाह गर्न असमर्थ रहेको उनले उल्लेख गरेकी छिन् ।
गिरीलाई २०७९ चैत २९ गते सचेतकको जिम्मेवारी दिइएको थियो । करिब १८ महिना गिरीले सचेतकको जिम्मेवारी निर्वाह गरेर राजीनामा दिएकी हुन् ।
वर्तमान सरकारमा कांग्रेसबाट दुई जना मन्त्री पठाउन बाँकी छ ।