Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

इसेवा बिजनेश क्यूआर मार्फत भुक्तानी गरी रेड्मी १३ स्मार्टफोन जित्ने मौका

इसेवाले बिजनेश क्यूआर मार्फत भुक्तानी लिने व्यवसायीहरूका लागि आकर्षक अफर सार्वजनिक गरेको छ।

यो अफरअन्तर्गत नयाँ अथवा निष्क्रिय रहेका व्यवसायीहरूले बिजनेश क्यूआर मार्फत पहिलो पटक भुक्तानी लिँदा रेड्मी १३ स्मार्टफोन जित्ने अवसर पाउनेछन्।

अफरको समयावधिमा, कम्तिमा ३ वटा १०० भन्दा बढीको भुक्तानी लिने १० भाग्यशाली विजेताहरूले नयाँ स्मार्टफोन प्राप्त गर्नेछन्। यो अफर कार्तिक ६ गतेसम्म लागू हुनेछ।

क्यूआर स्ट्यान्डी लिन चाहने व्यवसायीहरूले इसेवाको होमपेजमा रहेको ‘Popular Services’ मा गई ‘Business QR Request’ मा क्लिक गर्न सक्नेछन्।

साथै, एपको माथिल्लो भागमा रहेको सर्च आइकनमा ‘Business QR Request’ टाइप गरेर पनि QR Standee को लागि आवेदन दिन सकिन्छ।