Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

संसदमा माओवादी - संसद् अवरोध गर्दैनौँ, जनयुद्धलाई हिंसा भनेको पनि मान्दैनौँ (भिडियो)

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले संविधानले नै सशस्त्र संघर्ष भनेर व्याख्या गरिएको जनयुद्धलाई सत्तारुढ दलका सांसदले हिंसा भन्नु कुनै पनि हिसाबले उपयुक्त नरहेको निष्कर्ष सुनाएको छ।

सोमबारको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ माओवादी उपमहासचिवसमेत रहेका सांसद शक्ति बस्नेतले केही समयअघि एमाले सांसद योगेश भट्टराईले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त निष्कर्ष सुनाएका हुन्। 

यसैलाई लिएर सदन अवरोध गर्दै आए पनि सोमबार बैठक चल्न दिन तयार भएको माओवादीले सुरुमा आफ्नो मत जाहेर गरेको हो। सांसद बस्नेतले भने, ‘संविधानले नै सशस्त्र संघर्षका रूपमा परिभाषित गरेको छ। यो तथ्यलाई नजरअन्दाज गर्दै सरकारको नेतृत्व गरेको दलका मानीनयले नै संविधानको भावनालाई लान्छित र अपमानित गर्ने गरी १० वर्षे सशस्त्र संघर्षलाई माओवादी हिंसाका रूपमा चित्रण गर्ने कोसिस भएको छ, यो राजनीतिक मूल्य, नैतिकता र संवैधानिक दृष्टिकोण सबै हिसाबले अनुपयुक्त रहेको हाम्रो ठहर छ।’

सांसद बस्नेतले जनयुद्धकै जगबाट संघीय लोकतान्त्रिक गणतन्त्रसम्म मुलुक आइपुगेको दाबी गरे। ‘यसले जुन उद्देश्य बोकेको थियो यसैको जगमा स्थापित परिणाम आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेका छौँ’, उनले भने।