Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड, हेर्नुहोस् तोलाको कति पुग्यो?

नेपाली बजारमा सुनको मूल्य आज सोमबार पनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन प्रतितोला पाँच सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य पाँच सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  

यसअघि भदौ ३० गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यस दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ कायम भएको थियो । 

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।