Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

निमावि तह शिक्षक लाइसेन्सको खुल्यो विज्ञापन, यसरी भर्नुहोस् आवेदन (सूचनासहित)

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुला गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूका लागि दरखास्त आह्वान गरेको हो ।

उम्मेदवारहरूले आयोगले तोकेको अनलाइन दरखास्त फाराम भरी आवश्यक सम्पूर्ण कागजात (नागरिकताको प्रमाणपत्र हाल सालै खिचेको फोटो, दस्तखतको नमुना न्यूनतम योग्यताको लब्धाङ्क पत्र तथा तालिमको प्रमाणपत्र) सहित आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत दरखास्त दिन सक्ने छन् ।

सिङ्गल दस्तुरका लागि असोज २९ गते रातको १२ बजेभित्र र दोबर दस्तुरका लागि मंसिर ६ गते रातको १२ बजेभित्र आयोगको अनलाइन दरखास्त प्रणाली https://license.tsc.gov.np/ बाट दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।
हेर्नुस् सूचना

image-55.png