Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

वीरगन्जमा नयाँ शोरूमबाट 'पन्च इभी' को डेलिभरी सुरू

सिप्रदी ट्रेडिङ प्रालिको आधिकारिक डिलर प्राइम अटो ट्रेडर्सको नयाँ शोरूमको उद्घाटनसँगै वीरगन्जमा टाटा पन्च इभी डेलिभरी सुरू भएको छ।

गाडी बुक गरेर बसेका ग्राहकलाई पनि उद्घाटन कार्यक्रममै गाडी हस्तान्तरण गरिएको छ। शोरूम सिप्रदीका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीका साथै वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले रिबन काटेर उद्घाटन गरेका थिए।

कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष माधव राजपाल, सिप्रदी वीरगन्ज शाखाका प्रमुख संदिप गुप्ता लगायतको उपस्थिति थियो।

पन्च इभीको क्षेत्रीय 'लन्च' अन्तर्गत वीरगन्ज लन्चको मौका पारेर नयाँ शोरूम उद्घाटन गरेको प्राइम अटो ट्रेडर्सका निर्देशक सुवोध सापकोटाले बताए।