Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

इन्फ्रास्ट्रक्चर बैंकले डा‍. भगवान कोइरालाको बाल अस्पताललाई दियो ५० लाख

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत काठमाडौं इन्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख रुपैयाँ सहयोग गरेको छ ।  उक्त सहयोग रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले उक्त संस्थाका अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण गरेका छन् ।

बैंकको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको चेक हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट सिइओ अधिकारी, नायव महाप्रबन्धक सुर्यबहादुर तामाङ, नायव महाप्रबन्धक विनयनाथ न्यौपाने लगायतका पदाधिकारीहरु तथा उक्त संस्थाको तर्फबाट डा. कोइराला, भुवन दाहाल लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

बैंकबाट प्रदान भएको यो रकम बालबालिकाको उपचारमा विशिष्टिकृत सेवा प्रदान गर्नेगरी बाल स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुर्याउने उद्देश्य लिई स्थापना भएको काठमाडौं इन्ष्टिच्युटले बूढानिलकण्ठमा निर्माण गरिरहेको बाल अस्पतालको पूर्वाधार निर्माणमा खर्च हुुनेछ ।