फेरिए काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत
सरकारले एकैपटक ४० जना सहसचिवको सरुवा गरेको छ । विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवको सुरुवा गरिएको सरकारका एक मन्त्रीले जनाकारी दिएका छन् ।
योसँगै विभिन्न मन्त्रालयका सहसचिवहरू हेरफेर भएका छन् । सहसचिवको सरुवा बिहिबारको मन्त्रीपरिषद्बाटै गर्ने निर्णय भएको थियो । तर सहसचिवको सूचिलाई अन्तिम रूप दिन नसक्दा आज मात्रै निर्णय सार्वजनिक गरिएको हो ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको सरूवा भएको छ । परियारको सरूवा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत भएको छ भने उनको ठाउँमा सरोज गुरागाईं आएका छन् । गुरागाईं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत छन् । गत वर्ष माघ ५ गते परियार काठमाडौं महानगरपालिकामा आएका थिए ।
हेर्नुस् सरुवा सूची