Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

कामना सेवा विकास बैंकले १२ प्रतिशत बोनस दिने

कामना सेवा विकास बैंक लिमिटेडले १२ प्रतिशत बोनस दिने भएको छ ।

बैंकले गत आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट बैंकको चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर दिने भएको छ । त्यस्तै चुक्ता पुँजीको ५ प्रतिशत कर सहित ५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैंकले उक्त बोनस दिने प्रस्ताव गरेको हो । बैंकको हाल ३ अर्ब २८ करोड ११ लाख ६६ हजार बराबरको चुक्ता पुँजी रहेको छ ।

उक्त बोनस नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि साधरणसभामा पेस हुने र सेयर धनीलाई दिने बैंकले जनाएको छ ।