Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, तोलाको कति?

आज आइतबार सुनको मूल्यले नेपाली बजारमा फेरि नयाँ रेकर्ड कायम गरेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हालसम्मकै उच्च रहेको महासंघले जनाएको छ।

यसअघि शुक्रबार सुन प्रतितोला एक लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। आज सुन मूल्यले शुक्रबारको तुलनामा पाँच सय रुपैयाँले बढेर नयाँ कीर्तिमान बनाएको हो।

आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी ४० रुपैयाँले बढेर तोलाको एक हजार नौ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।