Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

कांग्रेसीले पढ्दै–पढ्दैनन्, कम्युनिष्टले पनि छोडिसकेः बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री एवम डा. बाबुराम भट्टराईले देशमा पठन संस्कृति लोप हुँदै गएको बताएका छन् । आज शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले पठन संस्कृतिको चलन हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

भूमिगतकालमा पञ्चायतविरुद्ध लड्दा कांग्रेस, कम्युनिष्ट सबै जेलमा हुँदा पनि पढ्ने गरेको तर अहिले अध्ययन गर्ने संस्कृति हराइरहेको उनले बताएका छन् । उनले भने, ‘अहिले मान्छेमा पढ्ने लेख्ने चलन पनि छैन । हिजोका हाम्रा साथीहरू त्यत्रो भूमिगतकालमा पञ्चायतविरुद्ध लड्दा कांग्रेस, कम्युनिष्ट सबै साथीहरू जेलमा पर्दा पनि सँगै अध्ययन गर्ने बानी थियो । पछि हामी जनयुद्धमा जाँदा पनि त्यत्रो मेहनत गरेर पढ्थ्यौं ।’

कांग्रेसले अध्ययन गर्न छोडिसकेको र कम्युनिष्टहरू पनि अध्ययनमा रुचि राख्न छोडिसकेको उनले टिप्पणी गरेका छन् । उनले भने,  ‘अहिले यता आइसकेपछि अब कांग्रेसका साथीहरूले त पढ्नै छोडिहाल्नु भयो । कम्युनिष्टहरू अलि बढी जो पढ्ने हो कम्युनिष्टहरू पनि अब कुनै खास फरक छैन । उहाँहरूले पनि पढाइलेखाइमा रुचि राख्नु हुन्न । हामीले अघि वैकल्पिक ढंगले जानुपर्छ, भन्नेहरू पनि अलिअलि मेहनत गर्न खोजेका छौँ तर हाम्रो पनि अरण्य रोदन जस्तो भइरहेको छ ।’