मंसिर दोस्रो साता उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले आगामी मंसिर दोस्रो साता उपनिर्वाचन हुने जानकारी दिएको हो ।
स्थानीय तहका रिक्त पदमा मंसिर दोस्रो साता उपनिर्वाचन गर्ने गरी तयारी गरीएको आयोगले जानकारी दिएको छ ।आयोगका अनुसार दोस्रो साता निर्वाचन हुने तय भएपनि कुन दिन हुने फिक्स भने भैनसकेको हो । प्रधानमन्त्रीसँग छलफल गरेर १५, १६ र १७ निर्वाचन गराउने तयारी आयोगले गरेको छ ।
आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३७ रिक्त पदमा आगामी मंसिरमा निर्वाचन गर्न उपयुक्त हुने सुझाव सरकारलाई दिएको थियो ।