Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

देउवालाई दोसल्ला ओढाएर प्रधानमन्त्री ओलीले दिए जन्मदिनको शुभकामना

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा दोसल्ला ओढाएर प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनको शुभकामना दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘आज पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाको जन्मदिन परेको छ । प्रमुख तीन दलका नेताहरुसँग समसामयिक राजनीतिक विषयमा कुरा पनि भयो । आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो । सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शेरबहादुरजी !!’