बालुवाटारमा तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक चलिरहेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता र छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
‘नेताहरुबीच अहिले बालुवाटारमा भेटवार्ता भइरहेको छ, के विषयमा छलफल भएको भन्ने जानकारी भएन’, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘समसामयिक राजनीतिक परिस्थिति, प्रधानमन्त्रीको आशन्न संयुक्त राष्ट्रसंघमा सहभागी हुने लगायत विषय हुनसक्छ ।’
सत्तारुढ एमाले र नेपाली कांग्रेसले उपसभामुखलाई हटाउने तयारी गरेका बेला तीन दलका शीर्ष नेताको भेटवार्तालाई अर्थपूर्ण हेरिएको छ ।